हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी प्रवासी समाजले मृगौला पीडित स्वर्गीय सोमलालको परिवारलाई  गर्‍यो ३१ हजार सहयोग

हल्दिवारी ,झापा । हल्दिवारी नेपाली प्रवासी समाज दुवा कतारले मृगौला रोगका कारण मृत्यु भएका सोम लाल राजवन्सीको परिवारलाई ३१ हजार ३५ रुपैया सहयोग उपलब्ध गराएको छ ।

Advertisement

आज उक्त सहयोग रकम हल्दिवारी ४ का वडा सदस्य तथा नेकपा एमाले हल्दिवारी गाउँ कमिटी सचीव महेसलाल मेचेले मृतक सोमलाल कि श्रीमती ओम कुमारी राजवन्सीलाई हस्तान्तरण गरेका हुन ।

Advertisement

मृगौला रोगका कारण उपचारका लागि वडा सदस्य मेचेको समन्वयमा दुवा कतारमा रहेका हल्दिवारीका युवाहरूले उक्त रकम संकलन गरि महेसलाल मेचेको नाममा पठाएका थिए ।

उक्त रकम संकलन गर्न दुवा कतारमा रहेका पुर्व युवा सङ नेपाल क्षेत्र नम्बर ३ का उपाध्यक्ष समेत रहेका बासु बनले गरेको वडा सदस्य मेचेले बताउनु भयो ।

वैदेशिक रोजगारीका लागि दुवा करार पुगेका हल्दिवारीका युवाहरूले आर्थिक समस्या का कारण उपचार गराउन नसक्ने परिवारलाई सहयोग पुर्याउदै आएका छ्न ।

मृतक राजवन्सीको उपचार कै क्रममा यहि बैशाख २३ गते मृत्यु भएको थियो । हल्दिवारी -४ वडावारीमा बसोबास गर्ने निम्न अवस्थाका राजवन्सीका श्रीमती र एक छोरा रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)