झापा । हल्दीबारी गाउँपालिका का ४१ वर्षीय नवीन मुर्मु काठमाडौँमा मृत अवस्थामा भेटिएका छन्। वैदेशिक रोजगारीका लागि कतार जान लागेका उनी नयाँ बसपार्क क्षेत्रमा रहेको लुम्बिनी गेस्ट हाउस को कोठामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

मुर्मु हल्दीबारी गाउँपालिका–४ मंगलबारेका बासिन्दा हुन्। परिवारका अनुसार उनी विगत करिब १० वर्षदेखि रोजगारीका सिलसिलामा कतारमा बस्दै आएका थिए। शनिबारको उडानबाट पुनः कतार फर्कने तयारीमा उनी काठमाडौँ पुगेका थिए।

उनका दाजुका अनुसार नयाँ बसपार्क नजिकैको लुम्बिनी गेस्ट हाउसमा बसेका मुर्मु बिहीबार राति आफूलाई सन्चो नभएको भन्दै कोठामै खाना मगाएर सुतेका थिए। तर शुक्रबार बिहान अबेरसम्म नउठेपछि कोठामा पुगेका होटलका कर्मचारीले उनलाई ओछ्यानमै मृत अवस्थामा फेला पारेका थिए।

होटलले त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरीको सक्रियतामा मुर्मुले प्रयोग गर्ने मोबाइल फोनको आधारमा परिवारसँग सम्पर्क गरिएको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको शव परिवारले आफ्नो गाउँ
मुर्मु श्रीमती, दुई छोरी र एक छोराका पिता हुन्। उनको मृत्युको खबरपछि गाउँ नै शोकमा डुबेको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार मुर्मुको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
17
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार