​हल्दीबारी (झापा)— हल्दीबारी गाउँपालिका–१ स्थित गोलधाप बजारमा मंगलबार नापतोल शिविर सम्पन्न भएको छ। हल्दीबारी उद्योग वाणिज्य सङ्घको सहकार्य तथा गुणस्तर तथा नापतोल कार्यालय झापाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो। ​शिविरमा साविक गोलधाप, छिमेकी गाउँपालिका बारादशर्ी र बिर्तामोड नगरपालिका क्षेत्रका गरी कुल ४३ जना व्यवसायीहरूले आफ्नो नापतोल यन्त्रको परीक्षण तथा नवीकरण गराएका छन्। गुणस्तर तथा नापतोल कार्यालय झापाका सहायक निरीक्षक अमित कुमार कर्णको नेतृत्वमा आएको चार सदस्यीय टोलीले व्यवसायीका ढक, तराजु र अन्य नापतोल यन्त्रहरूको प्राविधिक जाँच गरी प्रमाणीकरण गरेको थियो।

​नापतोल यन्त्रको शुद्धता सुनिश्चित गरी उपभोक्तालाई ठगीबाट बचाउन र व्यवसायीलाई कानुनी दायरामा ल्याउन शिविर प्रभावकारी देखिएको आयोजकले जनाएको छ। शिविरको अनुगमन तथा सहजीकरणमा हल्दीबारी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता सिवाकोटी, वडा सदस्य प्रकाश कार्की, उद्योग वाणिज्य सङ्घका सचिव नेत्रविक्रम बिमली तथा सदस्यहरू कुमार कार्की र निराजन दाहाल लगायतको उपस्थिति रहेको थियो।
​गाउँपालिका प्रवक्ता थापाले बिना इजाजत सञ्चालन गरिएका र म्याद सकिएका नापतोल यन्त्रहरूको प्रमाणीकरण गर्न स्थानीयस्तरमै पाइने यस्तो अवसरको फाइदा लिन सबै व्यवसायीलाई आग्रह गर्नुभयो। “बजारमा नापतोलमा एकरूपता ल्याउन र स्वच्छ व्यवसाय प्रवर्द्धन गर्न यो अभियान चालिएको हो,” उहाँले भन्नुभयो।

​उद्योग वाणिज्य सङ्घका अनुसार, दोस्रो चरणको शिविर बुधबार बिहान ९ बजेदेखि हल्दीबारी–४ स्थित मंगलबारे बजारमा सञ्चालन हुनेछ। सङ्घले त्यस क्षेत्रका व्यवसायीहरूलाई आफ्ना नापतोलका सामानसहित उपस्थित भई सेवा लिन सूचित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार