समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दीबारीमा आँपको रुख ढलेर लाग्दा किशोरीको मृत्यु

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा आँपको रुख ढलेर लाग्दा एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति करिब ९ बजेतिर आएको वर्षासहितको हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढल्दा हल्दीबारी–२ पाराखोपी निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको हो।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार हावाहुरीका कारण अचानक रुख ढलेर लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)