समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारीमा जिल्लास्तरीय डोरीतान च्याम्पियनशिप–२०८२ हुने

झापा, बिर्तामोड । डोरीतान खेललाई व्यवस्थित रूपमा विस्तार गर्दै स्थानीयस्तरमै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यसहित जिल्लास्तरीय डोरीतान च्याम्पियनशिप–२०८२ हल्दीबारीमा आयोजना हुने भएको छ।

नेपाल डोरीतान संघ जिल्ला समिति झापा तथा जेसिज हल्दीबारीको सह–आयोजनामा हुने प्रतियोगिता मंसिर ११ गते हल्दीबारी–५ कन्चन्श्रीस्थित मोति आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

विज्ञापन (Advertisement)Advertisement

आयोजकका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय डोरीतान महासंघ (TWIF) को नियमअनुसार सञ्चालन गरिनेछ। जिल्लाभरका विभिन्न स्थानबाट १८ टोली सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिताबाट नयाँ अनुहार र दक्ष खेलाडी पहिचान हुने आयोजकको विश्वास छ।

प्रतियोगितामा विजेता टोलिले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलिले नगद ३१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि अन्य सम्मानको व्यवस्थासमेत गरिएको संघकी अध्यक्ष युनिता दवाडीले जानकारी दिएकी छन् ।

प्रतियोगिता अवधिभर सुरक्षादल, स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक, विद्यालय तथा सामुदायिक संस्थाहरूको सक्रिय सहयोग रहने बताइएको छ। कार्यक्रमको अनुमानित खर्च ९ लाख ८२ हजार रुपैयाँ रहनेछ।

डोरीतान खेललाई समुदायमा थप लोकप्रिय बनाउने तथा युवा सहभागिता बढाउने लक्ष्यसहित हल्दीबारीमा पहिलोपटक यस स्तरको प्रतियोगिता आयोजना हुन लागेको आयोजकको भनाइ छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)