समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दीबारीमा निर्वाचन तयारी तीव्र, १४ केन्द्रबाट करिब २५ हजार मतदाता सहभागी हुने

हल्दीबारी गाउँपालिकामा २१ गते हुने निर्वाचनका लागि तयारी तीव्र पारिएको छ। गाउँपालिकाभित्रका सबै मतदान केन्द्रमा आवश्यक व्यवस्थापन मिलाउन सर्वदलीय छलफल तथा समन्वय बैठक सञ्चालन गरिएको जनाइएको छ।

यसैक्रममा वडा नम्बर ४ स्थित दिपेन्द्र आविमा रहेको मतदान केन्द्रमा निर्वाचनको तयारी, आचारसंहिता पालना तथा सुरक्षा व्यवस्थाबारे राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कार्यालयबीच छलफल सम्पन्न भएको छ।

विज्ञापन (Advertisement)Advertisement

उक्त केन्द्रका निर्वाचन अधिकृत संजय दाहालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै सहमति र समन्वयका आधारमा प्रक्रिया अघि बढाउन सरोकारवालालाई अनुरोध गर्नुभयो।
निर्वाचन कार्यतालिका अनुसार २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने जानकारी दिँदै दाहालले सबै पक्षको सहयोगमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

छलफल कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गाउँपालिकामा १४ वटा मतदान केन्द्रमार्फत करिब २५ हजार मतदाताले मतदानमा सहभागिता जनाउने अपेक्षा गरिएको छ। सुरक्षा स्रोतका अनुसार तीन वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ भने आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)