हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दीबारीमा रास्वपा गाउँ समिति सार्वजनिक, हस्ताक्षर अभियानमा ७०० जनाको सहभागिता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हल्दीबारी गाउँपालिका स्तरीय गाउँ समिति सार्वजनिक गरेको छ। सदस्यता विस्तार र स्थानीय समस्याको पहिचान गर्ने उद्देश्यसहित मंगलबारदेखि सुरु गरिएको हस्ताक्षर तथा सदस्यता विस्तार अभियानका क्रममा नयाँ कार्यसमिति घोषणा गरिएको हो।

Advertisement

रास्वपा क्षेत्रीय सदस्य सन्तोष मेचेका अनुसार, ओमराज राईको सभापतित्वमा गठित समितिमा यामकान्त निरौला, बालकृष्ण बेडारी, केशव दाहाल, केशव बजगाई, सन्तोष याक्सो, सरला आचार्य, कमला बानिया, बिरबल भेटवाल, अनिस बिक र कुमार मेचे सदस्य रहेका छन्।

Advertisement

सभापति राईका अनुसार मंगलबारदेखि सुरु गरिएको अभियानमा अहिलेसम्म २५० भन्दा बढीले पार्टी सदस्यता लिएका छन् भने ७०० जनाले हस्ताक्षर अभियानमा सहभागी भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)