हल्दीबारी ,झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको हल्दीबारी गाउँपालिकामा पार्टी प्रवेश तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। यही पुष २४ गते बिहीबार हल्दीबारी–४ स्थित मंगलबारे बजारमा हुने कार्यक्रममा रास्वपाकी केन्द्रीय नेत्री सोबिता गौतम सहभागी भई कार्यक्रमलाई सम्बोधन गर्ने भएकी छन्।
हल्दीबारी गाउँपालिका पार्टी अध्यक्ष ओमराज राईका अनुसार उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गर्ने नेता–कार्यकर्तालाई स्वागत गरिनेछ भने स्थानीय पार्टी नेतृत्व तथा सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ।
रास्वपाले हाल हल्दीबारी गाउँपालिकामा संगठन विस्तारलाई तीव्रता दिएको छ। सोही क्रममा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखिएको अध्यक्ष राईले बताए। उनका अनुसार हालसम्म हल्दीबारी गाउँपालिकामा पार्टी सदस्यता लिनेको संख्या ८०० नाघिसकेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले देशव्यापी रूपमा पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही रणनीतिअन्तर्गत झापा जिल्लाका कार्यक्रमहरूका लागि पार्टीकी केन्द्रीय नेत्री तथा पूर्व प्रतिनिधिसभा सदस्य सोबिता गौतमलाई खटाइएको जनाइएको छ।
स्थानीय तहमा पार्टीप्रतिको आकर्षण बढ्दै गएको र नयाँ राजनीतिक विकल्पप्रति जनचासो देखिएको अवस्थामा आयोजना हुन लागेको यो कार्यक्रमले रास्वपाको संगठन विस्तारमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार