समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीमा रास्वपाको पार्टी प्रवेश तथा रणनीतिक छलफल, झापाका पाँचै क्षेत्रमा विजय दाबी

हल्दीबारी, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा हल्दीबारी गाउँपालिकामा पार्टी प्रवेश तथा भावी रणनीतिबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्दै आगामी कार्यक्रम र निर्वाचन रणनीतिबारे कार्यकर्तालाई जानकारी गराएका छन्।

कार्यक्रममा पार्टीकी केन्द्रीय नेत्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य निशा डागी, युवा नेता तथा चर्चित पत्रकारद्वय प्रमोद न्यौपाने र राजीव खत्रीले सम्बोधन गरेका थिए। उनीहरूले पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा आगामी निर्वाचनलाई केन्द्रमा राखेर तयार पारिएका योजनाबारे प्रस्ट पारे।

विज्ञापन (Advertisement)Advertisement

नेताहरूले आगामी निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्ने दाबी गरे। पार्टी सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको सहकार्यले पार्टी थप सशक्त बन्दै गएको उनीहरूको भनाइ थियो। आगामी निर्वाचनमा १५१ भन्दा बढी सिट जितेर सुशासन र विकासको नयाँ लहर सुरु गर्ने दाबीसमेत उनीहरूले गरे।

कार्यक्रममा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक, कोशी प्रदेश कानुन विभाग प्रमुख सुरेश पोखरेल लगायतले पार्टीका आगामी गतिविधि, संगठन सुदृढीकरण र निर्वाचन रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।

क्षेत्रीय समिति संयोजक लक्ष्मण बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत हल्दीबारी गाउँपालिका पार्टी सभापति ओम राईले गरेका थिए। कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिव तथा युवा नेता शम्भु सुस्केराले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)