झापा । हल्दीबारी गाउँपालिका ले हावाहुरी र वर्षाका कारण प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समिति अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेलका अनुसार विपद् व्यवस्थापन कार्यविधि बमोजिम विपत्का कारण मृत्यु भएका परिवारलाई प्रति परिवार रु ५० हजार राहत उपलब्ध गराइनेछ। साथै, अन्य प्रभावित परिवारलाई क्षतिको विवरणका आधारमा अधिकतम रु ५० हजारसम्म सहयोग प्रदान गरिने निर्णय गरिएको छ।
गत फाल्गुन २९ गते आएको हावाहुरी र वर्षाका कारण वडा नं. २ मा तीन जनाको मृत्यु भएको थियो भने ३१ परिवार आंशिक तथा ३ परिवार पूर्ण रूपमा प्रभावित भएका छन् ।

त्यस्तै, १३ गते आएको हावाहुरी–वर्षाले वडा नं. १ मा चार घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने ३५ घरमा आंशिक नोक्सानी भएको छ। सोही घटनामा गरमकाली आधारभूत विद्यालय मा समेत क्षति पुगेको जनाइएको छ।

वडा नं. ४ मा दुई घर पूर्ण रूपमा क्षति भएका छन् भने अन्य क्षतिको विवरण संकलन भइरहेको छ। त्यसैगरी वडा नं. ५ मा चार घर पूर्ण रूपमा क्षति भएको र थप विवरण सङ्कलनको काम जारी रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पीडित परिवारलाई शीघ्र राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार