हल्दीबारी, झापा । हल्दीबारी जेसीजले उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै फेरि सफलता हात पारेको छ। गत जनवरी महिनामा चितवनको सौराहामा सम्पन्न LOM Leaders Academy मा “Sankalpa to Success Award” प्राप्त गर्न सफल भएको हल्दीबारी जेसीजले पोखरामा सम्पन्न Councillor Academy मा पनि पुनः आफ्नो उत्कृष्टताको कायम गर्दै Sankalpa to Success Award प्राप्त गरेकोछ।


हल्दीबारी जेसीजका अध्यक्ष २०२६ जेसी नितेश खरेलका अनुसार सम्पूर्ण टिमको रणनीति, सक्रियता र समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो। उहाँले भन्नुभयो,“हामीले हल्दीबारी गाउँपालिकालाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, र त्यसकै परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ।”


त्यसैगरी, अध्यक्ष खरेलले हाल हल्दीबारी क्षेत्रमा परेको प्राकृतिक प्रकोपका बेला पनि जेसीजले सक्रिय रूपमा राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले पीडित परिवारहरूलाई सहयोग गर्न सम्पूर्ण समाजसेवी, दाता तथा सर्वसाधारणलाई सहयोगका लागि हार्दिक अपिल समेत गर्नुभएको छ।
हल्दीबारी जेसीजले सामाजिक सेवा, नेतृत्व विकास र आपतकालीन सहयोगमा देखाएको सक्रियताले स्थानीयस्तरमा सकारात्मक सन्देश फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार