झापा, हल्दीबारी–४ मंगलबारे बजारस्थित एक किराना पसलमा गएराति चोरी भएको छ।
स्थानीय राजेश बजगाईले सञ्चालन गर्दै आएको सस्तो सुलभ किराना पसलको सटर फुटाएर अज्ञात समूहले मोबाइल, ल्यापटप, नगद तथा केही जिन्सी सामान चोरी गरेको प्रहरीले जनाएको छ।
चोरी भएको सामानको अनुमानित मूल्य करिब ४ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ। स्थानीयहरूका अनुसार मंगलबारे बजार क्षेत्रमा यसअघि पनि यस्ता चोरीका घटना भएका थिए, जसका कारण व्यापारीहरूमा सुरक्षा चिन्ता बढेको छ।
Post Views: 790