समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

हल्दीबारी माविद्वारा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा

झापाको हल्दीबारी गाउँपालिकास्थित हल्दीबारी माध्यमिक विद्यालयले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड (NEB) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। विद्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्राविधिक र साधारण दुवै धारतर्फ सन्तोषजनक नतिजा आएको हो।
​विशेष गरी प्राविधिक धारतर्फको बाली विज्ञान (Plant Science) विषयमा अध्ययनरत विद्यार्थीहरूले १०० प्रतिशत नतिजा हासिल गरेका छन्। त्यस्तै, साधारण धारतर्फ विद्यालयको उत्तीर्ण प्रतिशत ७८ रहेको छ। प्राविधिक र साधारण दुवैतर्फ मिलाएर विद्यालयको समग्र (ओभरअल) नतिजा ८० प्रतिशत पुगेको विद्यालय प्रशासनले जनाएको छ।
​उत्कृष्ट नतिजा आएपछि विद्यालय परिवारले खुसी व्यक्त गरेको छ। विद्यालयले एक विज्ञप्ति जारी गर्दै उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।
​साथै, विद्यालयको यो सफलतामा अहोरात्र खट्ने शिक्षक, कर्मचारी, लगनशील विद्यार्थी, सचेत अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ। सामुदायिक विद्यालयहरूको नतिजा खस्कँदै गएको चर्चा भइरहँदा हल्दीबारी माविको यो उपलब्धिले स्थानीयस्तरमा शैक्षिक उत्साह थपेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)