हल्दीबारी, झापा । हल्दीबारी माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि स्वागत तथा तिहार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा विद्यालयका पूर्वविद्यार्थी मानबहादुर वन महेन्द्रको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादेवी राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव–आगन्तुक विद्यार्थीहरूलाई टीका लगाई स्वागत गरिएको थियो। साथै उनीहरूलाई उपहार  प्रदान गरिएको थियो।

विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले नवा आगन्तुक विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा अभिनन्दन गर्नुभएको थियो।

प्रमुख अतिथि वनले विद्यालयले स्थानीय स्तरमा शिक्षाको गुणस्तर uplift गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै हल्दीबारी माविलाई अझ सबल र सक्षम बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

सो अवसरमा विद्यालयका विद्यार्थी र शिक्षकहरूले देउसी–भैलो, नृत्य र गीत–संगीतलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार