हल्दीबारी गाउँपालिका वडा नम्बर ४ का तीन प्रमुख बजार क्षेत्रमा सडक दुर्घटना न्यूनीकरणका लागि व्यारिगेट राखिएको छ।
जलथल प्रहरी चौकीको समन्वयमा पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले वडावारी बजार, अधिकारी चोक र मंगलबारे बजारमा व्यारिगेट राखेर सडक सुरक्षामा सहयोग पुर्याएको प्रहरी चौकीले जानकारी दिएको छ।
विज्ञापन (Advertisement)

वन समितिले बजार क्षेत्रमा गाडीको आवागमन नियन्त्रण गर्न व्यारिगेट राखिएको जनाएको छ। वडाका तीनवटै बजारलाई ध्यानमा राख्दै, दुई साइटमा जम्मा गरेर कुल १२ वटा व्यारिगेट राखिएको छ।
