समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हात्तीको आक्रमणले गम्भीर घाइते बाह्रदशीकी ५० वर्षीया राजवंशीको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी झापा बाह्रदशी गाउँपालिका वडा नं. १ बोक्राझारीकी ५० वर्षीया लिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ। गत फागुन ७ गते बिहान करिब ५:४५ बजेको समयमा आफ्नै निर्माणाधीन पक्की घरमा पानी हाल्ने क्रममा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।


​स्थानीय लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट निस्किएको एउटा जंगली हात्तीले घरमै बसिरहेकी लखनलाल राजवंशीकी श्रीमती लिलालाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। घटना लगत्तै उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्‍याइएको थियो।

विज्ञापन (Advertisement)Advertisement


​अस्पतालमा पाँच दिनसम्म उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र अन्ततः फागुन १२ गते राति १:०५ बजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको शव अहिले पोस्टमार्टम र अन्य कानुनी प्रक्रियाका लागि सोही अस्पतालमा राखिएको छ। झापाका विभिन्न स्थानमा जंगली हात्तीको आतङ्क बढ्दै जाँदा पछिल्लो समय मानवीय क्षतिका घटनाहरू समेत वृद्धि हुँदै गएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)