एजेन्सी – हामिले धेरै खालका सर्पहरु देखेका छौं । धेरै सर्पहरु त लोप पनि भइसकेका छन् । यस्तै लोप भइसकेको अनौठो सर्प फेला परेको छ । ५० वर्षपछि पहिलोपटक रेनबो नामको सर्प फेला परेको छ । संसारकै दुर्लभ मानिएको रेनबो सर्प ५० वर्षपछि एक्कासी देखा परेको हो ।
यो सर्प पहिलोपटक अमेरिकाको फ्लोरिडामा फेला परेको बताइएको छ । तस्बिरमा देखिएको यो रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ ।

यो तस्बिर ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक फेला परेको थियो । ४ फुट लामो यो सर्पमा बिष नहुने र कसैलाई हानी नगर्ने बताइएको छ ।
यस सर्पलाई फ्लोरिडा जंगलमा ट्र्यासी क्याथेन नामकी एक हाइकरले देखेकी थिइन् । यस सर्पलाई लोप भइसकेको घोषणा पनि गरिएको थियो ।

















