हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

 ५९ वटा मोबाइल एप्समाथि भारतीय निषेधबारे चीनको प्रतिक्रिया

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी/भारतीय संचारमाध्यमले जनाए अनुसार, भारतीय इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो सूचना सार्वजनिक गर्दै आउने जुन महिनामा ५९ वटा मोबाइल चिनियाँ एप्समाथि स्थायी निषेध लगाइने छ। तीमध्ये टिकटक, पाइतु, वीच्याट रहेका छन्।

Advertisement

यस्तो कदमको प्रतिक्रिया जनाउँदै चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भन्नुभएको छः चिनियाँ कम्पनीलाई लक्षित जुनसुकै भेदभावपूर्ण निषेधको चीनले विरोध गर्दछ। जनवरी २८ तारिख प्रवक्ता काउले पैचिङमा पुष्टि गर्नुभएको छः चीन-भारत आर्थिक व्यापारिक सहयोगको राम्रो अवस्था दुवै मुलुकका जनताको साझा हितसँग अनुकूल छ।

Advertisement

भारतले चीनसँगै एउटै दिशातिर बढ्दै चिनियाँ कम्पनी लगायत विभिन्न मुलुकको बजारमा संलग्न संगठन वा व्यक्तिले भारतमा लगानी गर्नका लागि खुलस्त, निष्पक्ष र भेदभावपूर्ण नभएको व्यापार वातावरण प्रदान गर्ने चीनले आशा व्यक्त गर्छ। आपसी व्यापारिक सहयोग चाँडै नै सामान्य बाटोमा फर्कने अपेक्षा पनि चीनले गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)