हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सोमबार रातिबाट लागू हुने गरी घट्यो, पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ५-५ रुपैयाँ घटाएको छ।

Advertisement

निगमले आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरलदे घटाएको छ।

Advertisement

आयल निगमले दुई वर्षपछि भूगोलअनुसार फरक–फरक हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रणाली पनि लागु गर्ने भएको छ।

निगमले यसअघि गत ५ असारमा हवाई इन्धनको मूल्य दश रुपैयाँ घटाएको थियो। यसैगरी, २ जेठमा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर दश रुपैयाँ घटाएको थियो भने २० चैतमा पेट्रोलमा तीन रुपैयाँ घटाएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)