कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “प्रतिक्षा”

ढल्यो त्यो दिन अनी सूर्य पनी
संध्या आउनु भन्दा नै पहिले,
झुके ती लजालु कटी नयनहरु
बसन्त आउनु भन्दा नै पहिले,
कति लालायित हुन्थ्ये मनहरु
हेर्न लाई लालिमा सूर्य किरण,
अधैर्य प्रतिक्षारत ती क्षणहरु
ढल्कियो सूर्योदय भन्दा पहिले,
क्षितिजका ति निकृष्ट बादलहरु
प्रभातको सौरभता लाई छेल्दै,
उडान भर्दै गरेका सारा चराहरु
विक्षिप्त नभ चुम्नु भन्दा पहिले,
बारम्बार हेरी रहेको थिएँ सपना
एउटा अति सुरम्य नगरको दृश्य,
जहाँ आच्छादित पुष्पहरू थिए
ओईलाउँन्न थ्ये झर्नु भन्दा पहिले,
यहाँ त कहर भरिएको शहर छ
कलुषित छन् मानस बिचारहरु ,
कोलाहल भरिएका सारा गल्ली
हुँदैन है साम्य शमन भन्दा पहिले,
ढल्यो त्यो दिन अनी सूर्य पनि
संध्या आउनु भन्दा नै पहिले,
झुके ती लजालु कटी नयनहरु
बसन्तको आउनु भन्दा नै पहिले।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article