हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दैलेखमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ३५ औं शाखा गठन

दैलेख । नेपाल स्वयंसेवी रक्तदाता समाजकाे ३५ औं जिल्ला शाखा दैलेख जिल्ला समन्वय समितिकाे सभाकक्ष दैलेख बजारमा एक बिशेष भेलाका बीच आयाेजना गरि सर्वसम्मत गठन गरिएको छ । दैलेख जिल्ला प्रशासन प्रमुख गोगनबहादुर हमालकाे प्रमुख आतिथ्यतामा आयाेजित उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य बिशेष अतिथि र अतिथिहरूमा क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाजका बर्दिया जिल्ला शाखा अध्यक्ष प्रेमप्रसाद लम्साल,नेपाल रेडक्रस सोसाइटीका निवर्तमान केन्द्रीय सदस्य खेमराज के.सी. र नेपाल रेडक्रस साेसाइटी प्रदेश पूर्व सभापति भेषबहादुर थापा रहेका थिए।

Advertisement

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीकाे सभापतित्वमा सम्पन्न साे भेलामा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नेपाल स्वयंसेवी रक्तदाता समाज जस्तो पवित्र सामाजिक संस्थामा राजनीतिक प्रभाव नपरोस भन्दै रक्तदाताहरुसंग आग्रह गरे । नेपाल स्वयंसेवी रक्तदाता समाज दैलेख शाखाको नवगठित समितिलाई शुभकामना दिंदै उनले सो धारणा राखेका हुन्।

Advertisement

नेपाल रेडक्रस सोसाइटीको मानवता र स्वयंसेवी संस्थाको पहिचानसंग जोडिएको नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदाताहरुको मनोबल बढाउने, रगतको अभावमा छट्पटाएकाहरुलाई सहजै रगत उपलब्ध हुनसक्ने वातावरण बनाउन सुझाव दिए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदान नगरेकाहरुको रगत खेर गइरहेको हुन्छ । रक्तदान गरे धेरैको ज्यान जोगाउन सकिन्छ भनेर सचेतना बढाउन सकिए डराएर रक्तदान नगरि बसेकाहरुलाई रक्तदान गर्न प्रेरित गर्न सकिने अनुभव सुनाए । उनले ‘रगत दिनुपर्छ, दिन चाहन्छु’ भन्नेहरुलाई पनि हामीले प्रेरित गर्न नसकेर आवश्यक्ता जति रक्तदाताहरु‌ तयार हुन नसकेकाे बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले अहिलेसम्म एक सय ७४ पटक रक्तदान गरेका छन् । उनी नेपालको सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निवर्तमान केन्द्रीय सदस्य खेमराज के.सी.,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला अध्यक्ष प्रेमप्रसाद लम्साल,नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्री लगायतले रक्तदानको महत्व बारे प्रकाश पारेका थिए। भेलाले दैलेख अस्पतालमा २०६० सालमा स्थापित रक्त सञ्चार केन्द्रका पहिलो रक्तदाता पत्रकार अमर सुनारको अध्यक्षतामा ११ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज दैलेख शाखाको जिल्ला कार्यसमिति निर्विरोध गठन भएको छ । समितिको उपाध्यक्षमा रमा श्रेष्ठ, सचिव भरतराज अधिकारी र कोषाध्यक्ष बिष्णु भण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः खमबहादुर थापा,भरतबहादुर बम,सुनिल कुमार शर्मा, नविन रिजाल, प्रभाकुमार बि.क., प्रतिमा थापा र भूपेन्द्र खड्का रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)