हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीका माछा व्यापारी भारतीय माछा बेच्दै, सुरुङ्गामा कारवाही कडा बन्दै

झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पुन १०० केजी भारतीय मरेका माछा बरामद गरेर नष्ट्र गरेको छ । कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रको सिमाना चप्रामारी क्षेत्रबाट प्रहरीले भारतीय बजारबाट सुरुङ्गा बजारतर्फ बिक्रीका लागि ल्याइदै गरेको मरेको पंगास जातको १०० केजी मरेका माछा बरामद गरेर नष्ट्र गरिएको हो ।

Advertisement

बरामद माछालाई खाडल खनेर पुरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । यसअघि समेत प्रहरीले १०० केजी भारतीय मरेको माछा बरामद गरि सुरुङ्गामा नष्ट्र गरेको थियो । बरामद माछालाई कनकाई नगरपालिकाका जनप्रतिनिधि गोविन्द सुवेदी, पत्रकार महासंघका प्रदेश सदस्य लीलाराज झापाली, स्थानीय महिला नेतृ चित्रा श्रेष्ठ लगायातको रोहवरमा खाडल खनेर इलाका प्रहरी कार्यालय सुरुङ्गा परिसरमा गाडिएको हो । झापा जिल्ला माछामा आत्मनिर्भर भएपनि केहि रकमको लोभमा परि व्यापारीहरुले भारतीय बजारबाट प्रतिबन्धित मुङ्ग्री जातको तथा मरेका अन्य जातका माछाहरु चोरी तस्करी गरि नेपाली बजारमा भित्राउदै आएका छन ।

Advertisement

त्यस्तै हल्दिबारी गाउँपालिककाले पनि केहि दिन अघि भारतबाट ल्याएका माछा बेच्न नपाइने भनि सुचना निकालिएको थियो सुचाना पछी हल्दिबारीका माछा किसान साथै हल्दिबारीवासी गाउँपालिकाको सरानिय कार्य भन्दै प्रशंसा सम्म गरेका थिए तर गाउँपालिकाको सुचना सुचनामै सिमित रह्याे । हल्दिबारीका सबै बजारका ब्यपारिहरु सुचनाको खिल्ली उडाउँदै दैनिक भारतबाट मरेका माछा ल्याई बेचिरहेका छन् भने गाउँपालिकाले अहिले सम्म कुनै किसिमकाे कार्वाही गरेकाे देखिदैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)