हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारी प्रेस क्लबका महासचिव सम्मानित

हल्दिबारी । हल्दिवारी समाबेशी बिकास समितिले प्रकाशन गरेको समाबेशी स्मारिका सम्पादन मंडलका संयोजक हैकम घिसिङ लाई सम्मान गरेको छ । झापा हल्दिवारी वडा नम्बर ४ ले अघिल्लो आर्थिक बर्षमा समाबेशी स्मारिका प्रकाशन गरेको थियो ।

Advertisement

आज जातीय पोषाक बितरण तथा स्मारिका बितरण कार्यक्रमका बिच सम्पादन मंडलका संयोजक तथा हल्दिवारी प्रेस क्लबका महासचिव घिसिङ लाई सम्मान पत्र,दोसल्लाले सम्मान गरेको हो ।

Advertisement

स्मारिकामा १४ वडा भन्दा बढी जातिकाका विषय समाबेश गरिएको छ । जातजातिको भाषा,कला,संस्कृति र जनसंख्या लाई समेटिएको छ। गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा अर्जुन राई,लखन हेमरम,बडाराम हेमरम,नितेश्वर शाह,रणकुमार राजबंशी,मिलन बिश्वकर्मा र सम्मानित हुने घिसिङले शुभकामना राखेका थिए।

कार्यक्रमको संचालन वडा सचिब जयप्रसाद पोख्रेलले गरेका थिए ।साथै तथ्यांक संकलनमा सहयोग गर्ने सन्तोष मेचे,काजिमान घिसिङ,रणकुमार राजबंशी,अम्बर लिम्बू,पबित्रा सेन्चुरी लगायत लाई कदरपत्र प्रदान गरिएको थियो । शान्तादेबी बिश्वकर्माले स्वागत गरेको कार्यक्रममा जितबहादुर राजबंशीले प्रकाश पारेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)