कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “बा झण्डै ढल्नु भो”

बा पहिला त धेरै मात्तिनु भो
बा फेरि धेरै नै पो आत्तिनु भो
संसदमा धेरै उभिदा गल्नु भो
बा गलेर झण्डै नै पो ढल्नु भो!

Advertisement

बाले बहर गोरु नै नारेर जोत्नु भो
घण्टी बजाउदै नै आरती गर्नु भो
दुई उपको लौरो टेकेर नै हिड्नु भो
लाजिनामा गराउन दरै नै भिड्नु भो!

Advertisement

जब बा संसद भवन तिर हिड्नु भो
बा र नानीका दरै नै पो त भिड्नु भो
चाडो लाजिनामा नै दे भन्दै हिड्नु भो
वा बा नानीका बा आपसमा भिड्नु भो!

बा नारा जुलुसमा धेरै कराउनु भो
बार्ता गर्न सुटुक्क कता हराउनु भो
भो अब कुरा मिल्यो चुपचाप बसौं
हल्ला नगर है भन्दै बाले अराउनु भो!

छोरा नातिहरु लिएर नै भिड्नु भो
केही नलागेर वार्ता गर्न नै हिड्नु भो
कुनै फाइल नखोल्ने सर्तहरु नै गरेरै
बा अतालिएर एक्कासि पो मिल्नु भो!

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article