हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गौरादहका ३५ वर्षिय रोसन शाहले शरीरमा आगो लगाएर गरे आत्मदह

झापा, २६ असार । झापाको गौरादहका ३५ वर्षिय रोसन शाहले आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरेका छन् । श्रीमती कामको सिलसिलामा विराटनगरमा बस्ने गरेको र आफ्नै घरमा बुवा-आमासँग बस्दै आएका साहले आफू सुत्ने कोठामा आगो लगाई आत्महत्या गरेका हुन् । घट्ना आज बिहान ४ बजेको समयमा भएको हो ।
बन्द कोठामा सुतिरहेको अवस्थामा आगो लागेको उनका आफन्तले बताएका छन् । विगत २/३ वर्षदेखि शाह डिप्रेशनमा रहेको जनाइएको छ । मृतक शाह गौरादहका पूर्व नगरप्रमुख रोहित कुमार शाहका भान्जा हुन् । प्रक्रियाको लागि इप्रका दमकबाट टोली खटिएको प्रहरीले जनाएको छ
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)