हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

धुलाबारीको मन्टेस्वरी स्कुलको सेप्टि ट्याङ्कीमा डुबेका बालकको मृत्यु

झापा । धुलाबारीको मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख्त घाइते भएका ८ वर्षीय तान्छोक लिम्बुको आज मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार आज विहान साढे १० बजेतिर उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो ।

Advertisement

सोमवार दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।

Advertisement

ट्यांकीबाट उद्धार गरेर उनलाई उपचारका लागि हस्पिटल लगिएको थियो । स्कुलको शौचालयको ढोकैमा रहेको सेप्टिक ट्यांकीको प्वाल मक्किएको प्लाईउडले छोपछाप पारिएको थियो । शौचालय जाने क्रममा बालक त्यही मक्किएको प्लाइउडबाट गहिरो ट्यांकीमा डुबेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)