हल्दिवारी ,२७ असार । झापाको हल्दिबारी गाउँपालिका– ५ स्थित सौडागान्धी खोलामा आएको बाढीले एउटा मोटरसाइकल बगाएको प्रहरीले जनाएको छ ।

अत्यधिक बर्षाका कारण बुधवार बिहान १० बजे तिर साविक जलथलको हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ३३०१ मोटरसाइकललाई सौडागान्धी खोलामा आएको बाढीले बगाएकोमा स्थानीयले देखेर तत्काल मोटरसाइकल चालक भद्रपुर– ७ बस्ने अन्दाजी ३५ वर्षीय सौरव नेपाललाई उद्धार गरेका थिए ।

मोटरसाइकललाई स्थानीय र प्रहरी चौकी जलथलको प्रहरी टोलीले १ सय मिटर दक्षिण फेला पारेको र मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (फाईल फाेटाे)