हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पूर्वराज्यमन्त्री तोसिमा कार्कीको विवादास्पद अभिव्यक्तिप्रति माओवादी केन्द्रद्धारा खेद प्रकट

काठमाडौं,२८ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीले ललितपुर तीनबाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा.तोसिमा कार्कीप्रति खेद प्रकट गरेको छ ।

Advertisement

जिल्ला कमिटीका संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जन दिपेशले आज एक विज्ञप्ति जारी गर्दै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनमा श्रदाञ्जली दिन उपस्थित भएको कार्यक्रममा बोल्दै कार्कीले दिएका अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै भत्र्सना गरेका छन ।

Advertisement

विज्ञप्तिमा भनिएको छ ‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील युक्त भएको हाम्रो निष्कर्ष रहेको छ’‘अतः कमरेड सीता दाहालको निधनको दुःखद घडीमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं।’

श्रदाञ्जली कार्यक्रममा उपस्थित भएकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रेहेकी कार्कीले प्रधानमन्त्री स्वयंले आफ्नो श्रीमतीलाई हेरचाह गर्न नसकेको जस्ता विवादास्पद अभिव्यक्ति दिएकी थिईन । जसको अहिले तिब्ररुपमा आलोचना भईरहेको छ । तिब्ररुपमा आलोचना बढ्दै गएपछि कार्कीले स्वयं आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेको भन्दै प्रतिरक्षा गरेकी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)