हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अभियानकी निवर्तमान उपाध्यक्ष महाअभियानमा प्रवेश

झापा   । । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।

Advertisement

मंगलबार काठमाडौं अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानमा उपाध्यक्ष पदमा समेत नियुक्त गरिएको छ ।

Advertisement

विनय यादवको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको केन्द्रीय समिति सोमबार मात्रै विघटन गरिएको थियो । अभियानको केन्द्रीय समिति विघटन भएसँगै आफू सो संस्थाबाट अलग भएको साहले बताएकी छन् ।

बिगतएक दशकदेखि साह सामाजिक तथा राजनीतिक कार्य गर्दै आएकी छन् । उनले यो महाअभियानमार्फत् अब समाज र नागरिकका लागि झन् बढी सक्रिय भएर सामाजिक कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)