हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रक्तदानसंगै सैलुन व्यवसाय गर्दै नेपाल स्वयमसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा

तिलाेत्तमा, २९ असार । रक्तदानमा छोटो समयमै निकै सर्हानिय काम गर्दै आएको नेपाल स्वयमसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाले समाजसेवासंगै रोजगारी र व्यापारीकता भन्ने उदेश्यले आफ्नै लगानीमा सैलुन व्यवसाय शुरू गरेको छ। स्थापना कालदेखि विभिन्न तवरले रक्तदान कार्यमा अग्रसर भएको नेपाल स्वयमसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाले रक्तदानलाई अझै सहज होस् भन्ने उदेश्यले सो व्यवसाय समेत शुरु गरेको संस्थाका अध्यक्ष गोबिन्द भुसालले बताए।

Advertisement

सैलुन व्यवसायबाट आएको रकम खर्च कटाएर केहि प्रतिशत रक्तदान कार्यक्रमको आयोजना गर्दा खर्च गर्ने गरि संस्थाका संस्थाका १० जना मिलि सो व्यवसाय संचालन गरेको संचालक मध्येकी सम्झना न्यौपानेले बताईन।संस्थाले रक्तदान कार्यक्रम गर्दा सधैभरी सहयोग माग्नुपर्ने बाध्यता टार्न पनि सो काम गरिएको न्यौपानेले बताइन।तिलोत्तमा-१ ड्राइभरटोल चोक ट्राफिकबत्ती देखि पुर्व गल्लीमा खोलिएको सो पसल बिहान ७ बजे देखि राति ९ बजेसम्म खुल्छ। सुबिधा सम्पन्न सो पसलमा २ जना दक्ष तथा अनुभवी हेयर डिजाइनरद्वारा कपाल काट्ने, कपाल हाइलाइट, हेयर स्टेट, शिर मसाज, दुलाहा शृंगार, भने जस्तो कपालको डिजाइन अनुसार कटाई तथा रंगरोगन समेत गरिने न्यौपानेले बताएकी छिन।

Advertisement

नाई व्यवसायी तथा नगरपालिकाले तोकेको सबै गाईडलाईनहरू पालना गर्दै आफ्ना सबै ग्राहकहरुलाई छिटो छरितो र विश्वासिलो तरिकाले काम गर्न लागेको अध्यक्ष भुसालले बताए। सो पसलको उद्घाटन नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका  कृष्ण चौहान क्षेत्रीले  रिवन काटेर गर्नुभएको हो। उद्घाटनको अवसरमा संस्थाले २० प्रतिशत छुटको व्यवस्था गरेको छ।  सैलुनको संचालकमा गोबिन्द भुसालसंगै अन्जु पौडेल, सम्झना न्यौपाने, पूर्णचन्द्र सुबेदी, सागर पाठक, गंगाराम अधिकारी, शंकर गौतम, शान्ती कार्की, भेषराज आचार्य, निर्मल उपाध्याय रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)