हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गौरीगञ्जमा चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु

गौरीगञ्ज, ३० असार । झापाको गौरीगञ्ज– १ मा चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हाे । गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीका श्रीमती ५५ वर्षिया शिला बुढाथोकीको हिजाे बिहिबार खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतमा काम गरेर घर फर्केको अबस्थामा चिसो हातले छुदा करेन्ट लागेको जनाइएको छ । बिहिवार साँझ ६.३० बजे मृतकको शवको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)