हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

शिवसताक्षीका श्रेष्ठ माई खोलामा डुबेको अवस्थामा भेटिए

झापा, ३१ असार । झापाको माई खोलामा हिजो डुबेको अवस्थामा फेला परेको शवको परिचय खुलेको छ । माई खोलामा मृत अवस्थामा भेटिएका व्यक्ति शिवसताक्षी नगरपालिका –८ बस्ने अन्दाजी ९० वर्षका टेकबहादुर श्रेष्ठको भएको उनका नाति दिलबहादुर श्रेष्ठले बताएको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो साँझ ६ बजे शिवसताक्षी १० स्थित माई खोलाको बीचमा घोप्टो परेको श्रेष्ठको शव डुबिरहेको अबस्थामा फेला परेको थियो । शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)