हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारी-१ को जागृति क्याम्पसलाई भारतीय दूतावासले दियो बस उपहार

हल्दिबारी, ३१ असार । हल्दिबारी गाउँपालिका वडा नम्बर १ मा रहेको जागृति क्याम्पसलाई भारतीय दूतावासले स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

Advertisement

नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष तथा कोशी प्रदेश पुर्व मन्त्री ओम प्रकाश सरावगीको प्रत्येक्ष सहयोगमा जागृति क्याम्पसले ३२ सिट क्षमताको एउटा बस प्राप्त गरेको हो ।

Advertisement

उक्त बस क्याम्पस ब्यवस्थापन समितिकाअध्यक्ष कपिलमणि चापागाईं, क्याम्पस प्रमुख खगेन्द्र निरौला, सहायक क्याम्पस प्रमुख जनक थापा, पुर्व वडा अध्यक्ष तथा नेकपा एमाले हल्दिबारी गाउँकमिटी अध्यक्ष त्रिलोचन सापकोटाले संयुक्त रुपमा बुझेका थिए ।

आजै हल्दिवारी गाउँपालिकालाई समेत दूतावासले एम्बुलेन्स हस्तान्तरण गरेको थियो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले उक्त एम्बुलेन्सको लागि नेपाल सरकार र भारतीय दूतावासलाई अनुरोध गरेकी थिइन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)