हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

धरानका सुन व्यवसायीले पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास

धरान । धरानका एक सुन व्यवसायीले भानुचोकमा आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्किएर उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । धरान-३ माछाभौडीका यौवन खड्गीले आत्मदाह प्रयास प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेको र अहिले छलफल चलिरहेको वडाध्यक्ष विद्या शाक्यले बताए ।

Advertisement

न्यू जयन्ति स्टोरका सञ्चालक रहेको खड्गी यसअघि सर्वसाधारणले घर नै घेर्न थालेपछि उनी गायब बनेका थिए । सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने आशामा सुन पसलमा पैसा राख्न दिएका थिए ।

Advertisement

पैसा नपाएपछि स्थानीय पेम्बा तामाङले उनको जग्गा जग्गा रोक्का गरिपाऊँ भनी मुद्दा हालेका थिए । त्यसपछि उच्च अदालत विराटनगरले जग्गा फुकुवा समेत गरिदिएको थियो । फुकुवा गरेपछि बचतकर्ताहरुसँग मिलापत्र गरेर फर्किएको केहीदिनमै उनले यस्तो प्रयास गरेको वडाध्यक्ष शाक्यले बताए । उनका अनुसार आजै पीडितलाई बचत रकम फिर्ता गर्ने दिन थियो ।

उनको पसलबाट ७२ जना बचतकर्ताहरु पीडित रहेको पीडितमध्येका स्थानीय सुमन उदासले जानकारी दिए । त्यतिका पीडितको ६ करोड ७४ लाख रुपैयाँ बढी उनले तिर्न रहेको समेत उनले जानकारी दिए । साभार हाम्राेकाेशीआवाज

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)