हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वडा अध्यक्ष एक्सनमा, प्रादेशिक अस्पताल भद्रपुर वरिपरि मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन गर्न दिदैनाैं

भद्रपुर, २ साउन । प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटर वरिपरि मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ । भद्रपुर वडा नं. ८ को वडा कार्यालयले अस्पताल वरिपरिका पसललाई बेचबिखन बन्द गर्न भदौ १ गतेसम्मको म्याद दिएको छ ।

Advertisement

वडाध्यक्ष मनोज सुब्बाले भदौ १ गतेदेखि बेचबिखन गरेको भेटिए ठाउँको ठाउँ दश हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको बताउनुभयो । ‘अस्पताल वरिपरि मदिरा तथा सुर्तीजन्य बस्तु बेचबिखन गर्न नपाउने कानून छ,’ वडाध्यक्ष सुब्बाले लोकतन्त्र पोस्टसँग भन्नुभयो–‘तर, त्यहाँका व्यवसायीहरुले अटेर गर्दै आएको हँुदा कानून कार्यान्वयनका लागि अब वडा कार्यालय अगाडि बढेको हो ।’

Advertisement

एक महिना अघि नै त्यहाँका व्यवसायीहरुलाई कानून विपरीत मदिरा तथा सुर्तीजन्य वस्तुको कारोवार नगर्न सम्झाइसकिएको जनाउँदै उहाँले भन्नुभयो–‘भदौ १ गतेसम्मको म्याद दिनुहोस्, हामी त्यस्तो बेचबिखन अबदेखि गर्दै गर्दैनौं भनेका छन् ।’

स्थानीयबासीका अनुसार प्रादेशिक अस्पताल भद्रपुरको सय मिटर वरिपरिका एक दर्जनभन्दा बढी पसलमा मदिरा र अधिकांश पसलमा गुटखा तथा चुरोट विक्री हुने गरेको छ ।

वडा कार्यालयले आज अस्पताल वरिपरि मदिरा तथा सुर्तीजन्य बस्तुको विक्रीमा प्रतिबन्ध लगाइएको बारेमा सरोकारवाला सबैलाई जानकारी गराउँदै पर्चा तथा पोस्टर टाँसेको छ ।

मदिरा जहाँतही पाउने भएकाले कतिपय व्यक्तिले मातेर अस्पतालभित्र पस्ने र स्वास्थ्यकर्मीलाई धम्क्याउने कार्य समेत हुने गरेको स्वास्थ्यकर्मीहरुले विगतदेखि नै गुनासो गर्दै आएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)