हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौँ-काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो ।” उक्त प्रकरणमा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कलाधर देउजालाई आजै पक्राउ गरी अनुसन्धान थालिएको छ ।

Advertisement

यसअघि गत असार ३१ गते पनि अदालतले पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेका भन्दै सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललितानिवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)