हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप शाखा गठन,अध्यक्षमा मिलन घिमिरे

रामेछाप,साउन ७ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रामेछाप शाखा गठन गरिएको छ । शनिवार एनएफपिजे वागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ आतिथ्यतामा भएको प्रथम जिल्ला भेलाले मिलन घिमिरेलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

Advertisement

कार्यसमितिको उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा, कोषाध्यक्षमा डोर शकर बरुवाल र सह- सचिवमा राजकुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरू प्रशान्त हायू, आरती आछमी, सृजना रोक्का, सृजना रसाइली, प्रविन बयलकोटी र विनीता बुढाथोकी चयन भएका छन् ।

Advertisement

प्रमुख अतिथि समेत रहेका मन्थली नगरका प्रमुख लव श्रेष्ठले नगरभित्रका बाहिर आउन नसकेका पर्यटकीय र महत्पूर्ण कुराहरू फोटो पत्रकारले ल्याउनु पर्ने जोड् दिँदै पत्रकारितामा सत्य र तथ्य आवश्यक रहेको धारणा राखे । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु पर्ने भन्दै फोटो पत्रकारले नगरको पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउन सक्नु पर्नेमा जोड् दिए ।

कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै रामेछापमा फोटो पत्रकारिताको क्षेत्रमा उत्कृष्ट कार्यहरू गरेर देखाउन निर्देशन दिए । उनले रामेछाप जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको र त्यसलाई फोटोको माध्यमबात प्रचारप्रसार गर्न त्यसका लागि यहाँका स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्न सुझाव दिए।

समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहको इतिहासदेखि वर्तमान अवस्थामा गर्दै आएका काम, आगामी योजना बारेमा जानकारी गराउँदै नयाँ शाखा (रामेछाप) ले आगामी दिनमा फोटो पत्रकारिताको क्षेत्रमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे । साथै केन्द्रबाट सक्दो सहयोग गर्ने बचन दिए ।

त्यस्तै, नवनिर्वाचित अध्यक्ष घिमिरेले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने बचनबद्ध गरे ।

शाखा गठनपछि सामूहिक फोटो खिच्दै
कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ,नेपाल पत्रकार महासघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल लगायत जिल्लाका अन्य अग्रज पत्रकारहरू उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)