ललितपुर। १७४ औं पटक रक्तदान गर्ने किर्तिमानी स्वयंसेवी रक्तदाताका साथै हालैमात्र “रक्तदाता सम्राट्”बाट बिभुषित एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत नेपाल स्वयंसेवी रक्तदाता समाज ४ नम्बर वडा समिति गठनार्थ आयाेजित एक भेला इमाडाेल ललितपुरमा सम्पन्न भएको छ ।

उक्त भेलाकाे उद्घाटन १७४औं पटक रक्तदान गर्ने किर्तिमानी स्वयंसेवी रक्तदाता साथै हालैमात्र “रक्तदाता सम्राट्”बाट बिभुषित एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पानसमा दीप प्रज्वलित गरेर गरेका थिए । साे भेलाले अध्यक्ष – सुदन ताम्राकार,उपाध्यक्ष – कृष्ण राय,सचिव – सुरेन्द्र खत्री,काेषाध्यक्ष – काेपिलचन्द्र महर्जन र सदस्यहरूमा क्रमशः रञ्जन थापामगर,कल्पना श्रेष्ठ,सक्षम खड्का र अंशु अर्याल रहेका छन्।

त्यसैगरी सल्लाहकारहरूमा पुष्पराज खत्री,रिसा श्रेष्ठ,अञ्जन सिंह बस्नेत,उमेश श्रेष्ठ,दामु राेक्का, प्रल्हाद सँग्राैला र प्रेमप्रसाद शर्मा रहनु भएको छ । प्रल्हाद सँग्राैलाद्वारा उद्घाेषण गरिएको भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सचिव राजन महर्जन, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजयकुमार महर्जन, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं जिल्ला सदस्य दशबहादुर महर्जन, स्थानीय समाजसेवी पुष्पराज खत्री,अञ्जन सिंह बस्नेत र महिला नेतृ रिसा श्रेष्ठ रहेका थिए।