झापा।बुद्धशान्ती गाउँपालिका वडा नं-५ निवासी गडिगाउँ माध्यमिक बिधालय कि शिक्षिका मिना गिरीको फेस्बुक एकाउन्ट ह्याक भएको छ ।

गिरी लाई आफ्नै मामा पदम गिरी बाट अङ्ग्रेजीमा “I need your help please 🙏” भन्दै पहिलो म्यासेज आएको थियो ।सो म्यासेजको प्रतिक्रिया दिदा गिरीले पुन अर्को म्यासेज प्राप्त गरेकी थिइन।दोस्रो म्यासेजमा उनलाई “I was trying to login to my Facebook on my other phone and they ask me to find someone to help me receive a code, will you?” भन्ने पछी उनले मामाले म्यासेज गरेको सम्झेर कोड दिए पश्चात् उनको आइडी ह्याक भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

पीडित गिरीले आफ्नो फेस्बुक एकाउन्ट बाट आएको म्यासेज रिप्लाई नगर्ने सबैमाआग्रह गरेकी छिन।उनले आफ्ना साथी लाई सो आइडीमा बल्क गर्ने अनुरोधमा गरेकी छिन।उनले आफ्ना साथी लाई सामाजिक संजालमा सचेत भएर आफ्नो नयाँ आइडीमा साथी बन्न अनुरोध समेत गरेकी छिन।

