मेडिकल व्यवसायी दुर्गा प्रसाईले एक वर्षयता आर्थिक विकृत्तिको आवाज उठाउँदै महाअभियान थालेका थिए ।

प्रसाईकै नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा रुपमा आर्थिक विकृत्तिका आवाज उठाउँदै आएको छ । पहिलो आर्थिक अनियमितताका बारेमा कडा आवाज उठाउँदै आएका प्रसाईका नारालाई विभिन्न राजनीतिक दलले भाषण र सञ्चार माध्याममा बोल्न थालेका छन् ।

आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पु¥याउनुपर्ने लगायतका १६ बूँदे माग प्रसाईले राखेका छन् । यीमध्ये हिन्दु राष्ट्र, २०४७ सालको संविधान र राजतन्त्रका बारेमा नबोलेपनि कतिपय ससंदले प्रसाईले आर्थिक समस्या र समाधानका लागि उठाएका एजेन्डालाई स्वीकादैं अभिव्यक्ति दिन थालेका छन् ।
कैदी–बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग प्रसाईका छन् ।
यस्तै, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् । उनको यही एजेन्डका आधारमा जसपाका सचेतक प्रदिप यादवले एउटा सञ्चारमा अन्तरवार्ता दिदै प्रसाईकै लाइनमा बैंक तथा लघुवित्त आतंकका बारेमा बोलेका छन् ।
बैंक तथा वित्तीय संस्था र मिटरब्याजीका कारण देशका आर्थिक स्थीति नाजुक बन्दै गएको र यो आर्थिक मन्दीमा सर्वसाधारणलाई आर्थिक शोषण यीनै संस्थाले गरेको आरोप यादवले लगाएका थिए । उनले सरकारले बैंक तथा वित्तीय संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने माग समेत गरेका थिए ।
यादवले जस्तै कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि विभिन्न कार्यक्रममा प्रसाईले एक वर्षयता उठाएका आर्थिक अनियमितताका बारेमा बोलेका छन् । उनले आर्थिक अनियमितता, मिटरब्याजी, लघुवित्त आतंक र बैंक तथा वित्तीय संस्थाले ऋणका नाममा सर्वसाधारणलाई दिएको दुखका बारेमा अध्ययन गर्न सरकारसँग माग समेत राखेका छन् । घिमिरेले सञ्चारमाध्यममा नेपाली युवा वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढेको र यसको प्रभाव नेपाली आर्थिकसँगै श्रम क्षेत्रमा भइरहेको औल्याएका थिए ।
प्रसाईले गत फागुनमा काठमाडौंमा भएको एक कार्यक्रममा न्युरोडदेखि देशभरका व्यापारिक सटर खाली हुँदैछन् भनेर उद्धघोष गरेका थिए । हाल उनकै भनाइअनुसार बैकको ऋण तिर्ने नसकेका कारण मुख्य शहरका पसल खाली भइरहेका छन् । भने, व्यापारीले सटर बन्द गरेर व्यापार छाडेको सञ्चार माध्यामहरुमा समाचारको समेत आउन थालेका छन् । गत साता सबै सञ्चार माध्यामले यही विषयलाई मुख्य समाचार बनाएका छन् ।
गत साता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले न्यायिक समितिमा व्यापार नभएपछि सटर खाली भएको उजुरी धेरै परेको र काठमाडौंमा दैनिक सटर खाली हुन् थालेको जानकारी गराएकी थिइन् । उनले अहिले व्यापारीहरुले पसल चल्न छाडेको भन्दै सटर बन्द गरेर बाहिरिन् थालेको प्रति सबै सचेत हुनुपर्ने समेत बताइन् ।
यस्तै, पछिल्लो समय राप्रपाका प्रमुख सचेतक तथा सासंद ज्ञानेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठ र अन्य सासंदहरुले समेत प्रसाईकै राजनीतिक एजेन्डामा बहससँगै आवाज उठाउन थालेका छन् । प्रसाई युवा पलायनका बारेमा बोलेका मुद्दा समेत अहिले सासंदीय समितिमा बहसको विषय बनेका छन् ।
प्रसाईको महाअभियानमा जोडिदैँ
महाअभियानले १६ बुँदे माग राखेर बैंक, मिटरब्याजी,लघुवित्त र सहकारीका समस्याका बारेमा आवाज उठाएको प्रसाईले जानकारी दिए ।
सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आवाज उठाएको र यसलाई पछिल्लो समय राजनीतिक पार्टीहरुले पनि स्वीकार्न थालेको प्रसाईले बताएका छन् ।
१७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको उनले बताए । ‘गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको हो । मैले एक वर्षअघि बोलेको कुरा अहिले आएका राजनीतिक दल, प्रदेश सासंद र स्थानिय तहका जनप्रतिनिधिहरु बाध्य भएर बोल्न थालेका छन् ।’ उनले भने, ‘बैंक तथा लघुवित्तकै कारण कयौं व्यापारी विस्थापित भइरहेका छन् । अहिले उपत्यकाका मात्र होइन । देशका मुख्य शहरमा समेत व्यापारिक क्षेत्रमा सटरहरु धामाधाम खाली भइरहेका छन् । नत्र सबै प्रदेशका मुख्य शहरमा गएर अनुगमन गरे हुन्छ ।’
गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाई थियो । संघीय ससंद भवन अगाडी व्यवसायी गर्न नसकेको, बैंकको ऋणले घर–जग्गा गुमाउनु परेको, मिटरब्याजीका कारण लाखौं नेपाली घरविहिन भएको र हरेक दिन यही समस्याका आन्दोलन भइरहेको समस्या आँखैं आगाडी भइरहेको उनको प्रसाईले जानकारी दिए ।
राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंबाट आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ थियो ।
आर्थिक मन्दीमा २० लाखसम्मको ऋणमा व्याज मिनाह गर्न माग राख्दै आएका छन् । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनकोनै सुरुवात गर्नु परेको प्रसाईले बताउँदै आएका छन् ।
प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान समेत सञ्चालन गरेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिक जोडिएका छन् ।
प्रसाईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार, वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपाली जेलमक्त र विदेशमा मृत्यु भएका कामदारको शव समेत नेपाल झिकाउने काम गदै आएका छन् । जसका कारण पनि प्रसाईको महाअभियानमा विदेशमा रहेका नेपालीहरुसमेत जोडिन थालेका छन् ।