हल्दिबारी । बिर्तामोड नगरपालिका–८, साविक गरामुनी ४ मेथीबारी मा रहेको गरामनी–पाराखोपी (हल्दिबारी) सडक खण्डमा बिगत १० बर्ष देखी बिचबाटोमा बिजुलीको पोल रहेको छ । स्थानियका अनुसार बारम्बार सुरक्षाको दृष्टीकोणले बिर्तामोड नगरपालिका र बिधुत प्राधिकरणलाई विधुत पोल सारी दिन अनुरोध गर्दा समेत बेवास्था गरेको उनिहरुले गुनासो गरे । बिर्तामोड नगरपालिकालाई स्मार्ट सिटि बनाउने परिकल्पना यहि हो? यहाँ हुने दुर्घटनाको जवाफदेही कस्ले लिने? सम्वन्धित निकायको यस विषयमा तुरुन्त कायर्वाही अगाडी बढाओस् ।





