कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “योग्यता जेल”

बनाउनु पर्ने चाहिँ थियो देश
तर बनाउछन् चाहिँ पुरै शेष
जति जेल बस्यो ग्रेड बढ्छ
त्यसैले जेल धेरै बसेको बेस!

Advertisement

आजीवन नै बस्दा राम्रो जेल
पढाइ भए नि हुन्छ आठ फेल
अर्को जुनिमा प्रम मन्त्री सधैं
त्यसैले यो जुनिभर बस जेल!

Advertisement

बस्न चाहिँ अनिवार्य नै छ है जेल
कुखुरा बाख्रा चोरेर नि बस जेल
टाउको नै काट्न सके झन् राम्रो
पुरा हुन्छ तिम्रो कुर्सी पाउने खेल!

जे जे बजाए पनि हुन्छ बजाउ है बेल
घण्टा शंख जे बजाए नि बजाउ बेल
चिच्याउदा कराउँदा लामो समय हुन्न
नाककै डाँडी भाचेर भए नि बस जेल

श्रीमती धेरै भए नि सफल हुन्छ खेल
दुई दुई कै अंकमा भए नि बजाउ बेल
दुई चार करोड खर्च गर्न सके सफल
सकारात्मक बन्छ कुर्सी पाउने खेल!

टाका माथि डाका लाग्दा पुरा हुन्न खेल
बस्न चाहिँ अनिवार्य नै बस्नु पर्छ है जेल
पुरा हुन्छ तिम्रो सपना कुर्सी पाउने खेल
बस्न चाहिँ अनिवार्य नै बस्नुपर्छ है जेल

भ्रष्टाचार गरेरै भए नि अनिवार्य बस जेल
कुर्सी पाउने योग्यता नै हो अनिवार्य जेल
कस्ले के नै भन्लान् भनि सङ्कोच नमान
बस्न चाहिँ अनिवार्य नै पर्छ है बस्न जेल!!

 

राज कुमार कार्की
मे न पा- १५, झापा।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article