कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता : “प्रेमानुभूति”

✍दयानन्द गोस्वामी

Advertisement

मेरो अन्तरको क्रन्दन त होइन
शब्दहरूको सिसकन भै रहँदा,

Advertisement

घनघोर कालो बादलको झरी झैँ
झरी रहे थ्ये नयनहरु बाट नीरहरु,

अविरल जलधाराको गन्तब्यमा
जहाँ यात्रामा पूर्णविराम आउँछ,

त्यहींँ स्थिर जिज्ञासाहरु हुन्छन्
अनी त हुन्छ शान्तिको अनुभूति,

मनमा सपनाहरु सजाएको थिएँ
साकार हुन्नन् भन्ने लागेको थियो,

निकृष्ट मनको यो अभिलाषा मेरो
सम्भव: मनमैं कुण्ठित रहने भयो,

विचरन गर्दै अन्तरको अरण्यमा
पुष्पलताको थियो अति सौम्यता,

अनी सुवासित मन्त्र मुग्ध वासना
पन्चाङ्गुल भरी गर्दै थ्यें कामना,

कैयन बर्षातका ती रातहरू बिते
बिहानीको प्रभाती किरण देखिनँ,

सुनिएन चराहरुको कलरब पनि
निशब्द रह्यो सारा ब्रह्माण्ड अनी,

सम्झना त छ मलाई त्यो दिनको
बसुन्धरा र आकाश मिलेका थिए,

प्रेमालापको लहरीमा दुबै बराबरी
झुम्दै थ्ये सगरमा डाँफे,मुनाल झैंँ,

मेरो अन्तरको क्रन्दन त होइन
शब्दहरूको सिसकन भई रहँदा,

घनघोर कालो बादलको झरी झैँ
झरी रहे थ्ये नयनहरु बाट नीरहरु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article