हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

महंगिएपछि भारतका फास्टफुडले खानाबाट हटाए गोलभेंडा

एजेन्सी । भारतका धेरै शहरमा चर्चित रहेका फास्टफुड रेस्टुरेन्टहरुबाट गोलभेंडाको प्रयोग नै बन्द गरेका छन् । म्याकडोनल्ड्स तथा सबवेजस्ता फास्टफुड रेस्टुरेन्टका चेनहरुले आफ्ना आउटलेटमा बिक्री हुने खानेकुराहरुबाट गोलभेंडा हटाएका हुन् ।

Advertisement

केही दिनअघि भारतमा रहेकोम्याकडोनल्ड्सले आफूले मौसमी कारणका कारण गोलभेंडाको प्रयोग बन्द गरेको बताएको थियो । हालै अर्को फास्टफुड चेन सबवेले पनि भारतमा गोलभेंडाको प्रयोग बन्द गरेको छ । सबवेले आफूहरुले उत्कृष्ट किसिमका सामग्री प्रयोग गर्ने भएको र हालको अवस्थामा विभिन्न कारणले गोलभेंडाको प्रयोग गर्न नसकेको बताउँदै यसको प्रयोग बन्द गरेको जानकारी दिएको छ ।

Advertisement

भारतमा पछिल्लो समय गोलभेंडाको मूल्य निकै महंगिएको छ । एकातिर मूल्यका कारण र अर्कातिर राम्रो गुणस्तरको गोलभेंडा उपलब्ध नभएको कारण आफूहरुले यसको प्रयोग गर्न नै छाडेको यस्ता फास्टफुड चेन रेस्टुरेन्टहरुले बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)