हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीमा बैबाहिक पुरूषलाई वडा कार्यालयले किन दियो अविवाहिक प्रमाणपत्र …?

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ को कार्यालयले बैबाहिक बन्धनमा रहेका र सन्तानको समेत जायजन्म भई सककेका एक पुरूषलाई अविवाहिक प्रमाण पत्र दिएको खुलासा भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षिय टिकाराम बिश्वकर्मालाई अबैवाहिक प्रमाणपत्र दिएको खुलासा भएको हो । बिश्वकर्मा बैवाहिक हुन् । उनका दुई सन्तान समेत रहेका छन् । हाल आएर ४३ वर्षको उमेरमा अविवाहित भन्दै मिति २०८०÷०३÷०८ गते वडा कार्यालयबाट अविवाहित रहेको प्रमाण पत्र दिएको खुलेको हो ।

Advertisement

‘हल्दिबारी १ कार्यालयको लेटर प्याड र छापको दुरुपयोग गरेर बैवाहिकलाई अबैबाहिकको प्रमाण पत्र दिएको प्रमाणपत्रमा हल्दिबारी १ का वडाध्यक्ष देबीबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

हल्दिबारी वडा नम्बर १ का वडाध्यक्ष देबीबहादुर थापाले विश्वकर्माले पहिलो पटक अबिवाहितको प्रमाण माग गर्दा पालिकामा सिफारिस गरेको र पछि उनको बिवाह भएको थाहा भएपछि रोकेको बताए ।

विश्वकर्माको २०५२ सालमा बिवाह भएको र २०६० सालदेखि श्रीमती घर छोडेर हिडेर अहिलेसम्म अत्तोपत्तो नभएकाले विश्वकर्माका पाँच जना छिमेकीलाई रोबहरमा राखेर पालिकासँगको समन्वयमा अविबाहितको प्रमाणपत्र दिएको बताएका छन् ।

उनका अनुसार पालिकाले विश्वकर्माको कुरा सुनेपछि सरजिबिन गरेर पाँच जना उनका छिमेकीलाई रोबहरमा राखेर अविवाहितको प्रमाण पत्र दिन सकिने बताएपछि त्यसै अनुसार प्रमाणपत्र दिएको बताए । वडाध्यक्ष थापाले ती विश्वकर्माका दुई जना छोराछोरी रहेको समेत स्वीकारेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)