हल्दिबारी । बिर्तामोड झापामा डेंगु रोगको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। डेंगु संक्रमणबाट मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५ निवासी ४४ वर्षीया मदिना खातुन रहेको मृतकका छोरा मिराज आलमले जानकारी दिएका छन् । उनको गत बिहिवार बिहान ६ बजे मृत्यु भएको थियोे ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार पाँच दिनमा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्यांक अधिकृत चूडामणि लुइँटेलले बताए।
