हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापतिले जवाफ दिने

काठमाडौं। कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै छ । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारका लागि स्थगित भएको थियो।

Advertisement

लगभग अन्त्यमा आएको बैठकमा आज सभापति शेरबहादुर देउवाले बोल्ने छन्। आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ। सभापति देउवाले केन्द्रीय सदस्य र पदाधिकारीले आफूमाथि उठाएका प्रश्नको जवाफ दिनेछन्।

Advertisement

साथै बैठकको निर्णय पनि आजै सुनाइने छ। तर बैठकका निर्णय लेख्न हिजो बसेको पदाधिकारीको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पुनः बस्ने गरी स्थगित भएको थियो। पदाधिकारी बैठक आज ११ बजे बस्ने छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)