राज कुमार कार्की
दु:ख पर्दा मन्दिरमा गई सधैँ भाक्दछौँ।
सुख पर्दा हर्षित भै सब थोक त्याग्दछाैँ।l
दु:खमा तिम्रो साथ रहन्न कहिल्यै कतै किन।
सुखनै प्राप्त हुँदा दु:खलाई किन मान्दछौ घृणा।।
दु:ख नै हाम्राे जीवनको स्थाइ साथी रहेछ।
सम्झन्छौँ सुख नै सबैभन्दा माथी भएछ।।
दु:ख सुख नै मानवकाे जीवन चक्र रहेछl
सोच्दा सोच्दै अब त दृष्टी बक्र नै भएछ।l
सुख नै हुँदा हुन्छ सब सगँ सधैँ मेल।
दु:ख नै हुँदा हुन्छौँ मात्र सबको हेलाँ ।l
सुख हुँदा सबले मेरो घर किन नआउने भन्ने।
दु:खमा रहदाँ कहिँ कसैले कहिले कतै नगन्ने।l
सुख त केवल दुइ चार दिनको पाहुना नै रहेछ।
भर जीवन साथ दिने त केबल दु:ख नै रहेछ ।l
सुख प्राप्ति हुँदा खुसी भै सधैँ सबै क्षितिज चुम्ने।
दु:ख नै हुँदा दरिद्र झै किन घर घर घुम्ने ।l
भनिन्छ दु:खले सुख ल्याउँदछ एक पटक फेरि ।
सुखले केवल कालै निम्त्याउँछ पटक पटक हेरि।l
सुख दु:ख जे भएनी अन्तमा सबै आठै हातको बाँसमा।
विलीन भै जानेछौ तीन ठाउँमा बाँधिएर तेसमा ।l
जन्मिदा खाली हातै आयौ मर्दा खालि हातै जान्छौ फेरि।
बाचुन्जेल किन गर्दछौं एक आपसमा सधैँ तेरि र मेरी ।l
मिलरै बाचौँ मिलेरै हासौँ सधैँ दुई दिनको चोला।
दु:खमा मलम लगाउँ फेरि भेट होला कि नहोला ।।
धन्यवाद ।