राज कुमार कार्की
आसै आशामा जीवन नै जिउनु पो परेको छ।
बिहानीको किरण सँग लुकामारी बढेकोछ।।
सपनाको फूलबारीमा लुकामारी चलेकोछ।
किन आज मुटुको नै धड्कन पो बढेछ।।
आशा अनि भरोसामा जीवन नै चलेकोछ।
भरोसाले धोका दिदा यो मन नै मरेकोछ ।।
गर्दागर्दै आशा कत्ति दिन रात नै पो बित्यो ।
भाग्यको नै पर्खाइमा कोरोनाले किन थिच्यो।।
श्रद्धाञ्जलीकै पर्खाइमा जीवन नै जिउँदैछु ।
भाग्यले नै कर्मलाइ मेट्दा आसु पिउदैछु।।
छ छ महिना सम्म बुने आशाको नै पुरा जाल।
कोरोनाले बिल्ने भयो दशै तिहार पुरा साल।।
आशाको नै फूलबारीमा निराशाको फूल फुलेछ।
सपनीमा तिमी मिल्दा यो मन त्यसै नै भुलेछ।।
हाम्रो यस्तै चल्दैछ है जीवनको हाल चाल ।
चुहान डाडे काकाको त बडा दशै भो यो साल।।
उडुस झैँ चुस्दैछन् है यहाँ मेरो आफ्नै देश ।
रुप एक रङ्ग अनेक यिनको झन् उदेक भेष ।।
पूजा गर्दै नव दुर्गा देवीको नै फलको आश ।
यस्तै भयो यो सालको दशै नहुनु है निराशा ।।
आशै आशमा जीवन हाम्रो आजकल सब चल्दैछ।
भरोसामै आशाको दीप यस पटक नि चल्दैछ।।
खल्ल्याइँ भयो यसपालि हामी सबको घर बसाइ ।
आशाको नै दीप लिएर आउनेछ अर्को दशै ।।
आशाको नै मधानीले भरोसाको मही पार्दै ।
मनाउ है यसपालीको दशै सापट गरि टार्दै ।।
धन्यवाद ।