– दयानन्द गोस्वामी
अति स्तब्ध सुनसानमा
एउटा निकृष्ट कालो छाया,
कुटिर आश्रय खोजीरह्यो
गुमसुम झैं पथ विहीन,
कुनै पदचिह्न पहिल्याउंँदै
समयका अपठ्याराहरु,
व्यथाहरु नी कम थिएन
आशा त प्रवल नै थियो,
जीवन्त मुद्रा खोजीरह्यो
अती संकीर्ण त्यो रातमा,
घायल भै सरह हातहरु
व्यथित मुटुलाई सजाउँदा,
शितल ओत खोजीरह्यो
सजगता अन्तर बाट नै,
मानौं स्मृति मा रंग भर्यो
स्थुल मा अती तरंग ल्यायो
चित्र विहीन त्यो संसारमा
सरस जीवन खोजीरह्यो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1